
गजल ३८०

सपनी पुरा नहुदै सबै चकनाचुर भैदिन्छ
दिलपनि पत्थर जस्तै आफ्नै सुर भैदिन्छ
छोड्छन स्वार्थीहरु आफ्नो स्वार्थ पुरागरी
मन हरपल उस्कै बोली सुन्न आतुर भैदिन्छ
याद आउछ र पुग्न खोज्छु नजिक उस्को
भगवान निष्टुरी पुग्दा तस्बिर दुर भैदिन्छ
रुदै चिचाई बित्छ रातहरु उस्कै सम्झनामा
जिवन पनि घाम नभए जस्तै मधुर भैदिन्छ
शिशिर अनुराग
स्वर्गद्वारी नगरपालिका
८ प्युठान
