❤️गजल ४४१ ❤️

  • by

आउछन विपती आतिनु हुदैन ख्याल गर्नुपर्छ
रोग लाग्दैमा मरिदैन भन्ने सन्देश अब छर्नुपर्छ

विश्व रोइरहेछ हातमा हात मिलाई आँसु रोक्नुपर्यो
अपूरा हुनेछन सपनी त्यी नानीबाबुको जब झर्नुपर्छ

हिम्मत जुटाउ लड्न सक्छौ अनेक परिस्थितिसङ्ग
भ्रम नफैलाउ कसैले कोरानाको कारण मर्नुपर्छ

विदेशमा रहेका दाजुभाई,दिदी बहिनीमा सम्झना
गरिबी देशको परिस्थिति सयौं खोली तर्नुपर्छ

प्रकाशित मिति:२०७६/१२/१८

Leave a Reply

Your email address will not be published. Required fields are marked *